पुतलीबजारले गर्यो तालिम, गोष्ठीका बजेट, खर्च कटौती
स्याङ्जा :
आर्थिक मन्दीलाई मध्यनजर गर्दै पुतलीबजार नगरपालिकाले अबदेखि अत्यावश्यक बाहेकका तालिम, सेमिनार, गोष्ठी, क्षमता विकास, अभिमूखीकरण जस्ता शिर्षकमा रहेको बजेट खर्च कटौती गर्ने भएको छ ।
संघिय सरकारले धमाधम खर्च कटौती गरेका बेला नगरकार्यपालिकाको शुक्रवार बसेको बैठकले पनि यस्तो निर्णय गरेको हो । बैठकले नगरका मुख्य बजार क्षेत्रका दाँयाबायाँ अब्यवस्थित रुपमा टाँगीएका, झुण्डिएका, गुजुल्टिएका तार तथा पोलको ब्यवस्थापनका लागि सरोकारवालाई सुझाव दिने निर्णय गरेको हो ।
सेवाप्रदायक संस्थाले सेवासंगै आफना सामाग्रीको उचित ब्यवस्थापन गर्नुपर्छ । उनीहरुका कारण अन्य नागरिकले दुख पाउनु हुदैन भनेर अब्यवस्थित बस्तुका ब्यवस्थापन लगायतका जनसरोकारका पक्षमा निर्णय गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
‘बिजुली, टेलिफोन, इन्टरनेट, केबल लगायत सरोकारवाला पक्षलाई ब्यवस्थित बनाउन सुझाव दिइसकेका छौं’, नगर प्रमुख रेग्मीले भन्नुभयो, ‘वेवास्ता गरे पालिकाको निर्णय बमोजिम कानूनी प्रक्रिया अनुरुप अघि बढ्नेछौं।’
सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा सडक खण्ड घुमाउरो छ । पुतलीबजारको अवस्था पनि उस्तै सागुँरो र घुमाउरो छ। अब्यवस्थित तारजालीले नगरको सुन्दरता हरण गर्नुका साथै दुर्घटना समेत निम्त्याउन सक्ने भएकाले कार्यपालिका आवश्यक निर्णय गरेको बताउँनुहुन्छ प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला ।
यसैगरी, खानेपानी व्यवस्थापन, सडक पेटी नियन्त्रण, मापदण्ड विपरित राखेका विज्ञापन तथा होडिङ बोर्ड हटाउने लगायतका निर्णय गरेको नगर प्रवक्ता मनोज पौडेलले बताउनुभयो ।
सडकसम्म छुनेगरी सडक पेटीमा होडिङ् बोर्ड राख्नुका साथै, पसल तथा निर्माण सामाग्री राख्ने गर्दा पैदलयात्रुले कठिनाई भोग्नु परेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


