वालिङ ५ मा निशुल्क दन्त तथा आँखा शिविर

वालिङ :
वालिङ नगरपालिका वडा नं. ५ जगत भञ्ज्याङमा निशुल्क १ दिने बृहत् आँखा तथा दन्त शिवीर सम्पन्न भएको छ । शिवीरको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका उप मेयर कबिता तिवारिले गैहेले नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी वडा तहमा शिविरको आयोजना गरिएको बताउनुभयो ।
आर्थिक अभावका कारण घरमै रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागी गाउँघरमै तथा टोल टोलमा निशुल्क शिविर मार्फत नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । शिवीरमा २१५ जनाले आखा र ११५ जनाले दाँतको परिक्षण तथा उपचार सेवा लिएका छन । शिबीर वालिङ नगरपालिका वडा न ५ को आयोजना र जिल्ला आँखा उपचार केन्द्र वालिङ अनि सफल डेन्टल क्लिनिक वालिङको प्रावीधिक सहयोगमा भएको हो ।

कार्यक्रममा नगर स्वास्थ्य प्रमुख कमल प्रसाद पान्डे, पुर्व कार्यपालिका सदस्य जमुना के सि, ननेपाली कांगे्रसका वडा इन्चार्ज डाल बहादुर खड्कालगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । वडा कार्यलय प्राङगणमा भएको शिवीर कार्यक्रमको संचालन वडासचिव डोलजङ गुरुङ्ले गर्नु भएको त्यहाँबाट तिलक गुरुङले जानकारी दिनुभयो ।
उता गल्याङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा नगरबासीलाई पहुँच पु¥याउने उदेश्यले विभिन्न रोगका स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
केही महिना अगाडि गल्याङ नगरपालिका भित्रका ११ वटा वडाहरुमा निःशुल्क बृहत स्वास्थ शिविर सञ्चालन गरेको नगरले नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्य सम्पन्न गरेको छ । गल्याङ नगरपालिका भित्र ५ ठाउँमा सञ्चालन गरिएको शिविरमा २ हजार १०० सय जना बिरामीले सेवा लिनु भएको छ ।

कार्यक्रमको समापन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक हिसाबले विपन्न जो औषधि उपचारका लागि अस्पताल सम्म पुग्न सक्ने र उपचार गराउने क्षमता छैनन उहाँहरुका लागि यस्ता शिविरले महत्व राख्ने कुरा बताउनु भयो ।
५ दिन सम्म गल्याङ नगरपालिका भित्रका वडा नं.८, वडा नं.६, वडा नं.४ , वडा न. ११ र वडा नं.३ मा गरि ५ वडामा सञ्चालन भएको निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्यक्रममा २ हजार १०० जनाले सेवा लिनु भएको थियो भने ६०० चस्मा र निःशुल्क औषधि समेत निःशुल्क वितरण गरिएको कुरा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीले जानकारी दिनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…