पुतलीबजार नगरपालिकामा त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरियाे ।

स्याङजा ट्ठ
पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनको व्यवस्थापन र सहजिकरणमा पुतलीबजार नगरपालिका ७ हरिहर मन्दिर तथा जेष्ठ नागरिक सेवा केन्द्रमा सार्वजनिक सुनुवाई गरिएको हो । पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिँदै यस चरणमा पुतलीबजारले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले नगरपालिकाका सेवा प्रवाहमा कर्मचारीले ढिला सुस्ती र अनियमितता गरेको पाएमा तुरुन्त खवर गर्न आग्रह गर्दै नगरको मुहार फेर्ने कार्यक्रमा हातेमालो गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाले टोल विकास संस्थाको औचित्य अपरिहार्य रहेको भन्दै नगरपालिकाको योजना तर्जुमा, योजनाको कार्यन्वयन र अनुगमन मुल्याङ्कनमा समेत उनीहरुसँग सहकार्यमा गरिने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा पुतलीबजार नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण प्रसाद आले, नेपाली कांग्रेसका नगर सचिव सन्तोष नेपाल, नेकपा एमालेका पुतलीबजार ७ का सचिव अर्जुन रेग्मी, नेकपा माओवादी केन्द्रका नगर सदस्य डिल्लीराम शर्मा र स्याङजा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मीले नगरपालिकाको समृद्धिका लागि योजनागत रुपमा कार्यहरु गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा श्यामकृष्ण शर्मा, महादेव श्रेष्ठ, सुर्यप्रसाद गौतम, शेरबहादुर नेपाली, नयनदत्त तिमिल्सिना, मनबहादुर केसी लगाएतले पुतलीबजारको विकास निर्माण र सेवा प्रवाहका विषयमा जिज्ञास राखेका थिए । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख देवी अर्यालले र सहजीकरण रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…