पुतलीबजार नगरपालिकामा त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरियाे ।
स्याङजा ट्ठ
पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनको व्यवस्थापन र सहजिकरणमा पुतलीबजार नगरपालिका ७ हरिहर मन्दिर तथा जेष्ठ नागरिक सेवा केन्द्रमा सार्वजनिक सुनुवाई गरिएको हो । पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिँदै यस चरणमा पुतलीबजारले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले नगरपालिकाका सेवा प्रवाहमा कर्मचारीले ढिला सुस्ती र अनियमितता गरेको पाएमा तुरुन्त खवर गर्न आग्रह गर्दै नगरको मुहार फेर्ने कार्यक्रमा हातेमालो गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाले टोल विकास संस्थाको औचित्य अपरिहार्य रहेको भन्दै नगरपालिकाको योजना तर्जुमा, योजनाको कार्यन्वयन र अनुगमन मुल्याङ्कनमा समेत उनीहरुसँग सहकार्यमा गरिने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा पुतलीबजार नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण प्रसाद आले, नेपाली कांग्रेसका नगर सचिव सन्तोष नेपाल, नेकपा एमालेका पुतलीबजार ७ का सचिव अर्जुन रेग्मी, नेकपा माओवादी केन्द्रका नगर सदस्य डिल्लीराम शर्मा र स्याङजा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मीले नगरपालिकाको समृद्धिका लागि योजनागत रुपमा कार्यहरु गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा श्यामकृष्ण शर्मा, महादेव श्रेष्ठ, सुर्यप्रसाद गौतम, शेरबहादुर नेपाली, नयनदत्त तिमिल्सिना, मनबहादुर केसी लगाएतले पुतलीबजारको विकास निर्माण र सेवा प्रवाहका विषयमा जिज्ञास राखेका थिए । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख देवी अर्यालले र सहजीकरण रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


