पुतलीबजारका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सहित सम्मान
भवानी अधिकारी,
स्याङ्जा ४ बैशाख ।
पुतलीबजार नगरपालिका वडा नं. ११ ले आफना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सहित सम्मान कार्य सोमबारदेखि सुरु गरेको छ ।
निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरिकका घरघरमा पुगेर सम्मान गर्नुभएको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी सहितको टोलीले जेष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परिक्षण, स्वास्थ्यबद्र्धक खाद्य सामाग्री प्रदान गर्नुका साथै घरघरमा पुगेर दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको छ ।
नगरप्रमुख रेग्मीले करेण्डाँडा निवासी एक सय बर्षिया रुपा पराजुलीलाई पहिलो चरणमा सम्मान गर्दै उहाले च्यावनप्राश लगायत आवश्यक औषधी समेत उपलब्ध गराउनुभयो ।
यसैगरी, ९२ बर्षिया गंगादेवी अर्याल, ८८ बर्षिय भूमिजंग केसी र ८५ बर्षिय श्रीप्रसाद अर्याललाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले भन्नुभयो ‘जेष्ठ नागरिक हामीसबैका पथपर्दशक हुनुहुन्छ। उहाँहरुका ज्ञान, सीप र अनुभवलाई धारणा गरेमा सबैको भलो हुन्छ। यसतर्फ पुतलीबजार नगरपालिकाले आगामी दिनमा समेत आवश्यक सहयोग गर्नेछ।’
त्यसपछि करेण्डाँडाका स्वास्थ्य चोैकी प्रमुख तिर्थराज अर्यालले उनीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।
वडा अध्यक्ष मनोज पौडेलले वडाभित्रका सबै जेष्ठ नागरिकलाई क्रमशः सम्मान एवं नियमित स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । यसपटक विस १९९८ सालसम्म जन्मेका वडाका ५५ जना जेष्ठनागरिकलाई पहिलो चरणमा सम्मान गरिने लक्ष्य रहेको उहाले जानकारी दिनुुभयो ।
वडा अध्यक्ष मनोज पोडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य संजीता नेपालले स्वागत एवं वडा सचिव वेलवहादुर थापाले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


