मनोसामाजिक तथा अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न
मणी प्रसाद अर्याल,
बैशाख १६,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले अपाङ्गता सम्बन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न भएको हो ।
नगरपालिकाको आयोजना तथा अन्तरध्वनी नेपालको सहकार्यमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले समृद्ध नगर र सुखी नगरबासी अभियानमा सबै नागरिकहरु एकजुट हुनुपर्ने बताउनुभयो । नगर विकासको लागि मानसिक रुपमा नगरबासी तयार हुनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य र आयआर्जन सबल बन्नुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुुभयो ।

हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचय पत्र वितरणमा असहज भएको बताउनुभयो । नगरपालिकाले जारी गरेको कार्यविधिलाई परिमार्जन गरेर मात्र अपाङ्गता परिचय पत्र वितरण सहज हुने उहाँले विचार व्यक्त गर्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारका कार्यक्रममा जोड्ने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


