चापाकोटमा नेपाली सांकेतिक भाषा तालिम
गोपीकृष्ण रेग्मी/चापाकोट :
स्याङ्जा बहिरा संघको आयोजना तथा चापाकोट नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भएको दुई महिने नेपाली सांकेतिक भाषा तालिमको शुभारम्भ गरिएको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण(ईश्वर) तालिमको शुभारम्भ गर्दै समाजका सबै नागरिकलाई भाषाका माध्यम बाट सिक्ने सिकाउने बुझ्ने बुझाउने भएकोले भाषा तालिम सुरु गरिएको बताए । सबै नागरिकमा एउटै क्षमता नभएको भन्दै फरक क्षमता भएका नागरिकलाई पनि भाषाको माध्यमबाट बाच्न पाउने अधिकार सुनिश्चित गर्न यस्ता तालिमले भरपुर मद्त गर्ने नगर प्रमुख खाँणले बताए । स्थानीय सरकार सबै नागरिकको साझा सरकार भएको बताउदै नगर प्रमुख खाँणले फरक क्षमता भएका नागरिकलाई अझ बढी प्रथामिकता दिएर काम गर्ने बताए ।
कार्यक्रममा उपप्रमुख ईशा राना, वडा अध्यक्ष कृष्ण सुवेदी, महिला नेतृ दिलु थापा, सिआइएल पोखराका अध्यक्ष हेम गुरुङ, बहिरा संघ स्याङ्जा जिल्ला कार्य समिती सचिव सरिता थापा लगाएतले भाषामा समस्या हुँदा आफ्ना बिषयमा कुरा राख्न निकै कठिन हुने बताएका थिए । आफ्ना समस्या भाषाका माध्यमबाट राख्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बोल्ने बक्ताहरुले बताए । भुवन भण्डारीले सन्चालन गरेको तालिममा ३० जनाको सहभागी रहने स्याङ्जा बहिरा संघ स्याङ्जाका अध्यक्ष सुनिता थापाले बताइन ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


