नवजागरण संस्थाद्धारा विपन्न समुदायलाई आयआर्जनका लागी बाख्रा पाठापाठी वितरण

वालिङ :
नवजागरण संस्था वालिङले विपन्न समुदायलाई आयआर्जनका लागी बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको छ । स्थापना कालको छोटो अवधिमै संस्थाले समुदायमा रहेर विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । शनिबार विपन्न समुदायका लागी बाख्रा तथा बंगुरका पाठापाठी वितरण गर्दै गण्डकी प्रदेश सांसद सरस्वती तिवारीले बाख्रा तथा बंगुरका पाठा पाठीको सहि उपयोग गरी आयआर्जनतर्फ लाग्न आग्रह गर्नुभयो ।

सामान्य दैनिकीलाई सहज बनाउनका लागी थोरै संख्याबाट बाख्रापालन तथा बंगुरपालन गरी शुरुवात गर्न सकिने भन्दै यसले विस्तारै व्यवसायिकरण लिने सांसद तिवारीको भनाई छ । नवजागरण संस्था स्थापनादेखि नै समुदायसंग नजिक भएको भन्दै यस्ता संस्थाहरुले समाज परिर्वतन तथा नागरिकको जिवतस्तर परिर्वतन गर्न सघाउ पुग्ने बताउनुभयो ।

तत्काललाई विपन्न समुदायलाई आर्थिक उपार्जनतर्फ अभिप्रेरित गर्नका लागी यो कार्यक्रम गरिएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई संस्थाले विस्तारित रुपमा फैलाउँदै लैजाने संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो। कार्यक्रम अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष हिमलाल पंगेनी र संचालन सचिव तिलकप्रसाद पराजुलीले गर्नुभएको थियो ।

 

Facebook Comments Box
TOP