टोलटोलमा स्वास्थ्य सेवा सहित पुग्दै गल्याङ नगरपालिका ।

गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिकाले विभिन्न वडाहरुमा संचालन हुनेगरी स्वास्थ्य सिविर सन्चालन गर्न थालेको छ। घरघरमा रहेका नगरबासीहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सिविरहरु संचालन गर्न थालेको हो। नगरपालिकाले टोलटोलमा स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको सहज उपचार गरिसकेको छ भने फेरि गाउगाउमा आखाको समस्या भइ उपचार गराउनमा समस्या भएकाहरुको सहजताकालागि बृहत् निशुल्क आँखा सिविर सुरु गरेको छ।

गल्याङ नगरपालिका को आयोजनामा पहिलो चरणमा ५ वटा वडाहरुमा संचालित हुनेगरी आजबाट सुभारम्भ गरेको छ। निशुल्क आँखा सिविर सुभारम्भ कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई ज्यु ले भौगोलिक हिसाबले असहज रहेतापनी नगरवासी नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनेगरी आफू लागिरहेको बताउनुभयो । उहाँले आर्थिक रुपले कमजोर र सामान्य उपचारकै लागि ठुला सहरहरुका अस्पताल जानुपर्ने बाध्यताको अन्त्यका लागि काम गरिराख्ने समेत बताउनुभयो । “तपाईंहरुको दुख र सुख सबैमा सधै सङ्गै रहनेगरी काम गरेको र गर्नेछु” भन्दै नगर प्रमुख भट्टराईले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई महत्वपूर्ण रुपमा राखी योजना हरु समेत तयार पारेको जानकारी गराउनुभयो।

कार्यक्रममा गल्याङ नगर शिक्षा समितिका सदस्य चन्द्र राना, हिमालयन आँखा अस्पताल पोखराका नेत्र विशेषज्ञ सुवास नेपाल लगाएतले नेत्र रोग सम्बन्धि समस्याको निदानमा यस्ता खाले कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । गल्याङ नगरपालिकाको वडा न ८ तिनदोबाटे मा आजबाट सुरुवात गरिएको सिविर पालिकाको सबै वडाहरुलाई हुनेगरि गल्याङ नगरपालिका वडा न ३,४,६ र ११ मा समेत सन्चालन गर्दैछ। नगरपालिकाले हालै पाठेघरको उपचार सम्बन्धि सिविर समेत सम्पन्न गरेको थियो भने तत्कालै हरेक टोलटोलमा हुनेगरी कृषि प्राबिधिक सहितको कृषि तथा पशु स्वास्थ्य सिविर समेत संचालन गर्न लागेको छ। गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओलिको स्वागत सङ्गै सुरु भएको उक्त कार्यक्रम वडा न ८ का वडाध्यक्ष झिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त निशुल्क आँखा सिविर हिमालयन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ शुवास नेपाल , नेत्र प्राबिधिक गोबिन्द ढकाल, अरुण श्रेष्ठ लगाएतले सहजीकरण गर्नुहुनेछ भने सिविर ५ दिन सम्म संचालन हुनेछ।

Facebook Comments Box
TOP