प्रथम गल्याङ् जेसीज रमाइलो मेला शुरु

गल्याङ :
गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले आम नागरिक र त्यसमा पनि युवाहरुको एकताले समृद्धिको आधार तय गर्ने बताएका छन् । गल्याङ् जेसीजले आयोजना गरेको प्रथम गल्याङ् जेसीज रमाइलो मेला २०७९ को उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि भट्टराईले एकताबाट नै समृद्धिको सोपान चढ्न सकिने बताएका हुन् । उनले गल्याङ नगरपालिकाको बिकासमा यस किसिमका कार्यक्रम बाट स्थानीय उत्पादन र सस्कृतिको संरक्षण र प्रर्वद्धन हुनेमा आफु बिस्वस्त रहेको बताए ।

१० दिन सम्म चल्ने मेलामा उप प्रमुख हेमा न्यौपानेले गल्याङ्का सबै संघ सस्थाहरु हातेमालो गरेर अघि बढ्नुपर्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका गल्याङ नगर सभापति एवम् गरिमा बिकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल, गल्याङ् जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि चन्द्रमणि भुसाल, नेकपा एमाले सचिव राजेन्द्रदेव खनाल, माओवादी अध्यक्ष चन्द्र राना, राप्रपा प्रतिनिधि रामकान्त जैसि, वडाध्यक्षहरु गल्याङ् ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, ४ का वडाध्यक्ष ढाकाराम न्यौपाने, चेम्बर अफ कमर्सका प्रतिनिधि गोपाल अधिकारी, समाजसेवी लक्ष्मण भुसाल, टोल समितिका अध्यक्ष प्रेम बन्धु सुवेदी लगाएतले आफ्नो धाराणा राखेका थिए ।

प्रथम गल्याङ् जेसीज रमाइलो मेलाका मुल समारोह समिति संयोजक जेसि खगेन्द्र भण्डारीको स्वागत सँगै सुरु भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष  ऋषि बस्यालले र सन्चालन महासचिव  ज्ञानेन्द्र पाठक ले गरेका थिए । मेलाले सांगितक, बक्तित्वकला प्रतियोगिता, भर्जनकिर्तन प्रतियोगिता लगायत स्थानीय उत्पादन र लुकेका पुराना संस्कृतिलाई उजागर गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

Facebook Comments Box
TOP