आउने पुस्तालाई नैतिक बान बनाउनु पर्छ : नगर प्रमुख भट्टराई

हामी ठूला ठूला महत्वकाङ्क्षा लिएर भन्दा पनि सानातिना समस्याको समाधान गरेर अगाडि वढ्नु पर्ने र मान्छेहरुमा नैतिकताको खडेरी पर्न नदिई आगामी आउने पुस्तालाई नैतिकबान बनाउन आवयश्यक भएको कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताए ।
आईतबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ बेलचौर स्थित बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन तथा स्वास्थय सेवा सञ्चालन समुद्घाटन कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको थियो ।
नगर प्रमुख भट्टराईले गल्याङ नगरपालिकाले शिक्षा,स्वास्थ्य, सिचाई,खानेपानी, सडक जस्ता भौतिक पूर्वाधारको विकासका लागि सधै नगरपालिका नगरिकको साथ लिएर विकास निर्माण अभियानमा लागेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो हामीले आफ्नो इमान्दारीतालाई आत्मसाथ गरेर सामाजिक अगुवाहरु विकास निर्माणको कार्यमा एकाकार भएर अगाडि वढ्न आग्रह गर्दै हामीले सामान्य स्वास्थ्य उपचारका लागि दुःख पाउने अवस्थाको अन्त्य गर्ने पक्षमा आफू मन बचन कर्मले लागेको कुरा बताउनु भयो ।
हामीले राजनीतिक आग्रह पूर्वाग्रह पालेर भन्दा पनि त्यसलाई मनै देखि फालेर विकासको पक्षमा लाग्न आग्रह गर्दै नगर भित्रका सबै नागरिकको अधिकार समान भएको सम्झन पनि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिका वडा नं.९ का वडाअध्यक्ष नामदेव खनाल,निर्वतमान वडाअध्यक्ष हरिलाल खनाल, स्थानीय समाजसेवीहरु टक खनाल, निम प्रसाद खनाल, निलकण्ठ भण्डारी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि स्थानीय याम नारायण अर्याल,हिमा अर्यालले १ रोपनी ३ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।शिविरमा २ भन्दा वढी स्थानीयबासीले सेवा लिनु भएको थियो । ३३ लाख ६३ हजारको लगतमा ४ कोठे पक्की सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । दुई जना कर्मचारी सहित सेवा सुभारम्भ समेत गरेको छ ।
बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण समितिका अध्यक्ष तुलसीराम खनाललेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सचिव नगेनद्र प्रसाद अर्यालले र कार्यक्रमको सञ्चालन शालिकराम खनालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…