आँधीखोलामा तटबन्ध लगाउन सांसद थापाको माग

काठमाडौँ : कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधीखोला तटबन्ध निर्माण बजेट अभावले रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले स्याङ्जाको मध्यभागबाट बगेको आँधीखोलाले बर्सेनि वर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आइरहेको र तटबन्ध निर्माणको योजना बनेपनि बजेट विनियोजन नहुँदा काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
०७० सालबाट सुरु भएको आँधीखोला तटबन्ध निर्माण कार्यक्रम बजेट अभावकै कारण अलपत्र छ । यसक्षेत्रमा नदी कटान भएर कृषियोग्य भूमिमात्र नभई मानवबस्तीलाई पनि जोखिममा पारेको उनको भनाइ छ । सांसद थापाले यही वर्षको वर्षाअघि तटबन्ध निर्माण हुने गरी बजेटको गरिदिन माग गरेका छन् ।
उनले भने, ‘आँधीखोलामा बनेका पक्की मोटरेबल पुलहरु समेत आँधीखोलाको कटानले जोखिममा परेका छन्, आर्थिक वर्ष २०८०/८१ मा तटबन्धन कार्य सुरु होस् र यसको लागि उचित बजेट व्यवस्थापन होस् भन्दै सभामुख महोदयमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…