आगलागी नियन्त्रणमा मृत्यु भएको परिवारलाई सहयोग
स्याङ्जा, वैशाख १७ गते । कालिगण्डकी गाउँपालिकाले आगलागी नियन्त्रणका सिलसिलामा घाइते भई मृत्यु भएको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
यहाँको वडा नं. २ मा आगलागी नियन्त्रणमा वडा नं. ३ का इन्द्र थापाको जलेर वैशाख ६ गते उपचारको क्रममा बर्न अस्पताल, कीर्तिपुरमा मृत्यु भएको थियो ।
गाउँपालिकाले आगोले जलेर मृत्यु भएका थापाको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो ।
चैत २९ गते वडा नं. २ को जङ्गलमा लागेको आगो बस्तीमा पुग्न थालेपछि नियन्त्रण गर्ने क्रममा थापा घाइते हुनु भएको थियो ।
मृतक थापाको छोरी जस्मिन थापालाई गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले सहयोग हस्तान्तरण गर्नुभयो ।
परिवारका मुख्य मान्छेको गाउँ बचाउन खोज्दा निधन भएको र आर्थिक अवस्था पनि कमजोर भएकाले सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


