गल्याङमा बृहत स्वास्थ्य सचेतना तथा योग शिविर संचालन
नाराण विश्वकर्मा:
स्याङ्जाको गल्याङ नगरपालिका–३, गल्याङ बजार स्थित सिटी हलमा बृहत स्वास्थ्य सचेतना तथा योग शिविर शनिबार संचालन भएको छ ।
विश्व हिन्दू महासंघ गल्याङ नगर समितिको आयोजना, अर्गानिक डिभाईन ग्रपु, जगत्रदेवी अर्गानिक जोन गल्याङ र कैवल्य फाण्डेसनको प्राविधिक सहयोग, गल्याङ नगरपालिकाको समन्वनमा स्वास्थ्य सचेता तथा योग शिविर संचालन भएको हो ।
स्वास्थ्य सचेतना कार्यक्रममा अर्गानिक डिभाईन ग्रपुका सि.ई.ओ, नेट फ्रेस हस्पिटल प्रा.लि भरतपुरका संचालक तथा वरिष्ठ पोषणविद् डिप्लव क्षेत्रीले पूर्विय सभ्यताले विकास गरेको उपचार पद्धति अपनाएमा हरेक मानिस दिर्घजीवी हुने बताउँनुभयो ।
उहाँले अढ्दो आधुनिकता अनुसरण गर्ने होडमा दिनानुदिन नसर्ने रोगीहरुको संख्या वढ्दै गएको भन्दै खाना र जीवनशैली परिवर्तन गरेर सम्पुर्ण रोगहरुको निदान गर्न सकिने बताउनुभयो ।
लामिछानेले अर्गानिक डिभाईन ग्रुपले सिंगो देशलाई स्वस्थ बनाउने अभियान लिएको जानकारी दिँदै खाना र बानीमा सुधार ल्याउन सबै संग अपिल गर्नुभयो ।
त्यस्तै प्रमुख योग प्रशिक्षक योगआचार्य देवमणी बश्यालले योग, ध्यान र साधना गर्ने मानिस जीवनमा कहिल्यै दुखि नहुने बताउनुभयो ।
उहाँले सम्पुर्णलाई हरेक दिन योग, ध्यान र जपमा सरिक हुन आग्रह गर्दै सिंगो मानव समुदायलाई भौतिक र आध्यात्मिक रुपमा र सुखि, खुसि र शान्ति बनाउने महा अभियानमा जोडिन आग्रह गर्नुभयो ।
विश्व हिन्दू महा संघ गण्डकी प्रदेशका उपाध्यक्ष लक्ष्मणप्रसाद भट्टराईले योग, ध्यान र साधनाले मानिसको शारिरिक तथा मानिसिक स्वास्थ्यलाई मज्बुद बनाउने बताउनुभयो ।
उहाँले गलत खानपान र गलत जीवनशैलीका कारण धेरै भन्दा धेरै मानिस नसर्ने रोगहरुको सिकार भएकाले त्यस्ता रोग निर्मुल गर्न स्वास्थ्य सचेता कार्यक्रम र योगले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै अर्गानिक डिभाईन ग्रुप र योग प्रशिक्षक प्रति धन्यवाद दिनुभयो ।
विश्व हिन्दू महासंघ गल्याङ नगर समितिका अध्यक्ष नारायण प्रसाद ज्ञवलीले गल्याङ नगरवासीलाई स्वास्थ र आध्यात्मिक बनाउन निशुल्क रुपमा योग शिविर आयोजना गरिएको भन्दै शिविरमा शरिक हुन आग्रह गर्नुभयो ।
विश्व हिन्दू महासंघ गल्याङ नगर समितिका सचिव शिशिर पौडेलले योग शिविरमा गल्याङ आसपासका मानिसहरुले दैनिक रुपमा एक सय देखि एक सय ५० सम्म सहभागीता जनाएको बताउनुभयो ।
गत चैत्र ८ गते बुधबार देखि सुरु भएको शिविर चैत्र १४ गते मंगलबार सम्म चल्ने छ ।
शिविरको उद्घाटन गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले गत बुधबार गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


