फोहोर व्यवस्थापन केन्द्र बनेपछि भीरकोटमा बन्यो नमूना पार्क

स्याङ्जा:

भीरकोट नगरपालिका ४ स्थित शिशौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आर्कषणको केन्द्र बनेको छ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नमूना पार्क बनाइएको हो। तत्कालिन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क पनि निर्माणको परिकल्पना गरेका थिए।

फोहोरको व्यवस्थापनसँगै नमूना पार्क निर्माणपछि स्थानीय खुसी भएको नगरप्रवक्ता दिपेन्द्र केसीले बताए।
‘भीरकोट बालमैत्री नगर हो। बालबाटिकाको कल्पनासँगै निर्माण गरिदै जादाँ आज जिल्लाकै रमणीय र नमूना पार्क बनेको छ। अवलोकन, वनभोज र रमाइलो भेटघाटका लागि यहाँ आउने मानिस धेरै हुन्छन्। सार्वजनिक बिदाका दिन पार्कमा घुइँचो लाग्छ,’ उनले भने, ‘फोहोरमैला व्यवस्थापन बारे अध्ययन, अवलोकन र सिकाइका लागि पनि धेरै जिल्लाबाट यहाँ आउने गरेका छन्।

फोहोरमैला व्यवस्थापन केन्द्रका लागि १७ रोपनी, पार्क निर्माणका लागि १४ रोपनी र करिब ३० रोपनी व्यक्तिका जग्गा लिएर ६१ रोपनी क्षेत्रफलमा नगरपालिकाले पार्कसहित फोहोरमैला व्यवस्थापन गर्दे आएको छ।

Facebook Comments Box
TOP