वालिङ र भीरकोटमा पशु पूर्ण खोप कार्यक्रम सुरु

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकामा पशु पूर्ण खोप कार्यक्रम सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा वालिङ नगरपालिकामा पूर्ण खोप सेवा सुरु भएको हो ।
कार्यक्रमको सुरुवात गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले पशुजन्य रोगहरु नियान्त्रणको लागि खोप कार्यक्रम सार्थक तथा आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायिक तथा घरायसी रुपमा पालिएका पशुहरुमा विभिन्न रोगहरु देखिएकोले पूर्ण मात्राको खोप कार्यक्रमबाट रोग नियन्त्रण तथा व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुले सफलता हासिल गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरभित्र व्यवसायिक रुपमा पालिएका पशुहरुमा बेलाबखत पशुजन्य रोगहरुको महामारी देखिँदै आएकोमा पूर्ण खोप अभियानले पशु स्वास्थ्यमा सुधार आउने उपप्रमुख तिवारीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख इन्द्र बहादुर भट्टले वालिङ नगरपालिकाका १४ वटै वडाहरुमा रहेका पशुहरुलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले आ.व.२०७९/०८० को अवधिमा स्याङ्जाका दुई पालिकाहरु भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा पूर्ण खोप कार्यक्रम लागू गरिएको बताउनुभयो । प्रमुख भट्टका अनुसार वालिङ नगरपालिकामा रहेका पशुहरुको संख्या र अवस्थाको विवरण सङ्कलन गरिसकिएको छ ।
यसैबीच उता भीरकोटमा समेत पशुहरुका लागी पुर्ण खोप शुभारम्भ गरिएको छ । जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा भीरकोट नगरपालिकाको समन्वयमा नगरभित्रका पशुहरुका लागी पुर्ण खोप शुभारम्भ गरिएको हो । खोप शुभारम्भ कार्यक्रमका अवसरमा केन्द्रका प्रमुख तथा पशु विकास अधिकृत इन्द्रबहादुर भट्टले पशुहरु सुरक्षाका लागी यो पुर्ण खोप अभियान संचालन गरिएको बताउनभुयो ।
नगरका ९ वटै वडामा कर्मचारीहरु नै खटाएर यो अभियान अन्र्तगत पशुहरुलाई खोप लगाईने बताउनुभयो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले पशु स्वास्थ्यका लागी यो खोप अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउनभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले समेत आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम नगरप्रमुख कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन केन्द्रका पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । खोप अभियान आजबाट शुरु हुने नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments Box
TOP