सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
धनगढी :
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।
सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विश्वासको मतका विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


