नेपाल एम्ब्रोईडरी हेन्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघ गण्डकी प्रदेशको अध्यक्षमा रनपाल

वालिङ चैत १२ गते ।
नेपाल एम्ब्रोईडरी हेन्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघ गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका लिलबहादुर रनपाल निर्वाचित हुनुभएको छ । पोखरामा भएको अधिवेशनले उपाध्यक्षमा दुर्गाबहाुदर परियार (कास्की), गंगादेवी गुरुङ (गोरखा), कृष्णकला सुनार (स्याङ्जा), र विष्णुमाया परियार (कास्की),सचिवमा अमरबहादुर परियार,सहसचिवमा गोविन्द नेपाली, कोषाध्यक्षमा सिर्जना परियार रहनुभएको छ भने सदस्यहरुमा हरिबहादुर परियार, बिमला नेपाली, रेखा श्रेष्ठ,अमृता सापकोटा, सरीता सुनार, डल्ली राना, चित्रकुमारी दजीर्, रहनुभएको छ ।
अधिवेसनको उद्दघाटन गर्दैै नेपाली कांगे्रस केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद सरस्वती अर्याल तिवारीले सिलाई बुनाई श्रमिकको हकहितको लागी नेपाल एम्ब्रोईडरी हेन्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघसंगै नेपाली कांगे्रसले हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । श्रमिकको हितमा कानुन तथा नीतिहरु निर्माण गरी उद्यमशीलतालाई प्रर्वद्धन गर्नुपर्नेमा अर्यालको जोड छ । कार्यक्रमा संघका केन्द्रिय अध्यक्ष तेजप्रसाद रिजाल, नेपाल टे«ड युनियन नेपाली कांगे्रसका उपमहासचिव इश्वर परियार, महिला नेत्रि सकुन्तला शर्मा, कुलदेवि बराल, नीलबहादुर रनपाल लगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…