एमाले नेतृत्व रहेको गाउँपालिकाले मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न दूतावासलाई पठाएको पत्रबारे छानबिन गरिने ।

 

काठमाण्डौ:
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई प्रति सरकारले आपत्ति जनाएको छ । नेपाल सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताउँदै नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट पारेकी हुन् ।

यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सो गाउँपालिकामा नेकपा एमालेकै नेतृत्व रहेको छ । एमालेका रिङजीन नामगेल गुरुङ सो गाउँपालिकाका अध्यक्ष रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP