लियो क्लब अफ वालिङ सिटीको अध्यक्षमा किशोर बस्याल निर्वाचित ।
वालिङ :
लियो क्लब अफ वालिङको चौथो साधारणसभा तथा अधिबेशनबाट लायन बर्ष २०२३÷२४ को लागि अध्यक्षमा किशोर बस्याललाई चयन गरेको छ । नवगठित समितिको प्रथम उपाध्यक्ष संजोग थापा , द्वितीय उपाध्यक्ष हरि रेग्मी, तृतीय उपाध्यक्ष समिर श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
यस्तै नवनिर्वाचित अध्यक्ष बस्यालले सचिबमा राज भट्टराई र कोषाध्यक्षमा प्रकृती श्रेष्ठलाई मनोनित गर्नु भएको छ । लियो क्लब अफ वालिङ सिटी सन् २०१९ मा स्थापना भै सामाजिक जनचेतनामूलक तथा सन्देशमुलक कार्य सहित रचनात्मक कामहरु गर्दै आएको छ । लियो क्लवले आगामी वर्ष पनि सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने बिश्वास लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपाल डिपार्टमेन्ट चिफ चेतनारायण श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा रिजन चिफ कविता भुसाल ,लियो जिल्ला परिषद ३२५ एम का सचिब दिक्षान्तप्रताप खाँण लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम लियो क्लवका अध्यक्षता सुमना लामिछानेको अध्यक्षता र किशोर बस्यालले सञ्चालन तथा संजोग थापाले स्वागत गर्नुभएको क्लवका राज भट्टराईले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


