लर्न परियोजना सम्वन्धी पालिका स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न ।
वालिङ :
नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक सामाग्री परियोजना ‘लर्न’ को वालिङ नगरस्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
विश्वशिक्षाको सहयोग तथा स्वावलम्वन जीवनपद्धती केन्द्र पोखराको व्यवस्थापनमा सञ्चालित परियोजनाले वालिङ नगरपालिकाका ४ वटा बिद्यालयमा काम गरिरहेको छ । परियोजनाले वालिङ १३ को लक्ष्मी मावि र सरस्वती मावि, वालिङ ९ को भुम्रे मावि र वालिङ १० को पूर्णामृत भवानी माविमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।
बैठकमा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले पठनसंस्कृतिको बिकास र बिद्यार्थीहरुलाई पढ्नै पर्छ भन्ने बातावरण तयार गर्नका लागि परियोजनाले राम्रो काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘परियोजनालाई लामो समय सम्म सञ्चालन गर्नका लागि आग्रह छ ।’

परियोजजा संयोजक प्रदिप रानाले बिद्यार्थीहरुमा पठन संस्कृतिको बिकास गर्नका लागि काम गर्दै आईरहेको बताउनु भयो ।
युनिभर्सल डिजाईन फर लर्निङ मा आधारित परिस्थिति सुहाउँदो भाषिक र पठन सीपको सुधारका लागि उपयुक्त शैक्षिक प्रविधिको सहयोगबाट अपाङ्गता भएका वालवालिकाहरु लाभान्वित भएका संयोजक रानाले जानकारी दिनुभयो ।
परियोजनाले कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउने बातावरण सिर्जना गरेको अनुगमन तथा मुल्याङ्कन संयोजक सुमन बिकले जानकारी दिनुभयो ।
परियोजना जिल्लाका ४ वटा पालिकामा सञ्चालन भईरहेको छ । जिल्लाका वालिङ सहित गल्याङ नगरपालिकाका ५ वटा बिद्यालय,पुतलीबजार नगरपालिकाका ८ ओटा बिद्यालय र अर्जुनचौपारीको एक बिद्यालयमा गरी १८ वटा बिद्यालयमा सञ्चालन भईरहेको बिकले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


