चैते दशैँको अवसरमा गह्रौँसुर कालिका मन्दिरमा पूजापाठ

स्याङ्जा :
चैते दशैँको अवसरमा स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर कालिका मन्दिरमा उल्लेख्य भक्तजनहरुले दर्शन तथा पूजापाठ गरेका छन् ।
स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा चैते दशैँ र बडादसैँका अवसरमा विषेश मेला लाग्ने गर्छ । चैते दशैँको प्रतिपदादेखि पुर्णिमा सम्म र बडादशैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा भक्तजनहरुको विषेश उपस्थिति रहँदै आएको छ । त्यसो त धार्मिक तथा पर्यटकीय केन्द्र गह्रौँसुरमा यी दशैँ बाहेक अन्य समयमा समेत आन्तरिक पर्यटकहरु मन्दिर दर्शन तथा भ्रमणका लागी समेत जाने गर्छन ।
पछिल्लो समय गह्रौँसुर सम्म जान सडकको स्तरोन्नति, मन्दिर परिसर तथा मन्दिरको स्तरोन्नति एवं अन्य भौतिक पुर्वाधारहरुको निर्माण, खानेपानीको सहज व्यवस्था भएकाले पनि धार्मिक पर्यटक तथा अन्य पर्यटकहरु पिकनिक तथा भ्रमण समेत जाने गरेका छन् । चैते दशैँको अवसरमा प्रतिपदादेखि भक्तजनहरु मन्दिरमा जाने शुरु गरेका हुन् । मन्दिरमा अहिलेसम्म ढेड सय पशुपलि चढाईएको मन्दिरका कार्यालय सचिव थमन गुरुङले जानकारी दिनुभयो । नवमीका दिन मात्रै २ पञ्चवली गरी ५० पशुरुहरुको बलि चढाईएको छ ।
तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ ।
एकादशी, औँशीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् । विषेश गरी आफ्नो मनोकामना पुजा भई भाकल गरेका भक्तजनहरु आफ्नो भाकल पुरा गर्नका लागी समेत आउने गरेका छन् । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची ग्रामीण सडक हुँदै यस ठाउँमा पुग्न सकिन्छ ।
समुद्र सतहदेखि झण्डै एक हजार ६०० मिटरको उचाइमा रहेकाले पनि यहाँबाट हिमश्रृङ्खला, स्याङ्जासहित पाल्पा, नवलपरासी, कास्की, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्लाका केही भेग देख्न सकिन्छ ।। चैते दशैँ अन्र्तगत नवमीका अवसरमा जिल्लाका अन्य कोतघरहरु एवं देवि मन्दिरहरुमा समेत विशेष बलि तथा पुजाआरधाना गरिएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…