कृषकहरुलाई आधुनिक प्रविधिसंग जोडन आवश्यक छ : अध्यक्ष सुनार

गल्याङ :

कृषकहरुका लागि व्यासायीक तबरले अगाडि वढाउनका लागि आधुनिक प्रविधि र बजारीकरणमा ध्यान दिएर अगाडि वढ्न आवश्यक भएको गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले बताउनु भयो ।
स्याङ्जाको गल्याङ नगरपालिकामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९को उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
चेम्बर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष सुनारले भन्नु भयो कृषकलाई राज्यका तहमा जोड्दै कृषि प्रबर्धन गर्ने र बजारको समस्याको समाधान गर्ने र उत्पादित बस्तुको कोल्ड स्टोर्स गर्ने र प्रभावकारी मुल्य हातपार्ने विचौलियाबाट मुक्त गर्न यस्ता मेला तथा प्रदर्शनी आवश्यक भएको कुरा बताउनु भयो ।
अध्यक्ष सुनारले प्रदर्शनीले कृषकहरुको कृषि उपज बजारीकरणका लागी सहयोग गर्ने बताउनुभयो । आलु उत्पादनको लागी संभावनायुक्त गल्याङमा कृषकहरुलाई सामुहिक रुपमा खेति गर्नतर्फ अभिप्रेरित गर्नुपर्ने भन्दै चेम्बरद्धारा आयोजित आलु तथा कृषि प्रर्दशनीले कृषकहरुमा उत्साह थपेको अध्यष सुनारले बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरउपप्रमुख हेमा न्यौपाने, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष कुमराज बास्तोला, गल्याङ नगरपालिका वडा नं.३का वडाअधयक्ष कृष्ण प्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने उहाँले बताउनु भयो ।
प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले प्रस्तुति राख्नुभएको थियो भने भोली राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ । प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेका छन् ।
गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा जारी प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।
गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले र कार्यक्रमको सञ्चालन महासचिव दल बहादुर सिंजालीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP