समुन्नतिको आधार आजका बालबालिका नै हुन – नगर प्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले समृद्धि र समुन्नति को आधार आजका बालबालिका रहेको बताउनु भएको छ। सामाजिक बिकास कार्यालय स्याङ्जाको आयोजना र गल्याङ नगरपालिकाको समन्वयमा बालमैत्री स्थानिय शासन प्रवर्द्धन तथा ब्यबस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख गुरु प्रसाद भट्टराईले उचित बालमैत्री शासन ब्यबस्थापनले मात्र भोलिको राष्ट्रको भबिष्य मजबुत हुने कुरा बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकाले वालमैत्री नीति तय गरेर लागू गरेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा उप प्रमुख हेमा न्यौपाने ले बालबालिकाको समुज्वल भबिष्य निर्माण गर्नका लागि सबैको एकता नै आवश्यक भएको बताउनु भयो। कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद गण्दकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्ले, नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत केदार राज आचार्य लगाएतले बोल्नुभएको थियो । नगरपालिकाको बालमैत्री स्थानिय शासन प्रवर्द्धन समितिका सदस्यहरु वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु बाल सन्जालका अध्यक्षहरु लगाएत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रम सामाजिक बिकास कार्यालयका प्रमुख इस्वरी प्रसाद रेग्मी को अध्यक्षतामा सामाजिक शाखा प्रमुख ढाल बहादुर केसिले गर्नुभएको थियो।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…