अपाङ्गता भएका बालवालिकाहरुलाई सहयोग गछौंः नगर उपप्रमुख न्यौपाने
टिकाराम अधिकारी/गल्याङ :
अपाङ्गता भएका बालवालिकाहरुका लागि हामीले आफ्नो क्षेत्रबाट मनबचन कर्मले सहयोग गरेर राज्यको मूलधारमा ल्यानु आजको आवश्यकता भएको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले बताउनु भयो ।
शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिकामा स्वाबलम्बन जीवनपद्वति केन्द्र पोखराको आयोजनामा आयोजित पालिकास्तरीय परियोजना सल्लाहकार समिति बैंठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उपप्रमुख न्यौपानेले भन्नु भयो स्याङ्जाको ५१ विद्यालयहरु र गल्याङका ५ वटा विद्यालयहरुमा भिन्न क्षमता भएका (अपाङ्ग)बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रति धन्यवाद दिदै भोलिका दिनमा पनि यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा कार्यक्रम संयोजक प्रदिप रानाले भन्नु भयो गल्याङ नगरपालिकाले मागको आधारमा अन्य विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालन गर्न सकिने कुरा बताउदै यस संस्थाले विशेष गरेर अपाङ्गता भएका बालवालिकाको क्षेत्रमा काम गर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा अनुगमन तथा मुल्याङ्कन अधिकृत सुमन विकले विद्यार्थीहरुलाई स्वाबलम्बि कसरी बनाउन सकिन्छ भन्ने उदेश्यका साथ सन् २००९बाट काम गर्दै आएको कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओली, सामाजिक शाखा प्रमुख ढाल बहादुर केशी, शिक्षा,युवा तथा खेलकुद शाखाका सहायक प्राविधिक हिमलाल भण्डारी लगायतले बोल्नु भएको थियो ।
बक्ताहरुले संस्थाले स्याङ्जा जिल्लामा अपाङ्गता भएका बालवालिकाको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै ग्रामिण क्षेत्रका दुर दराजका विद्यालय र बस्ती सम्म लैजान आवशयक भएको कुरा बताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


