स्याङ्जाको बिरुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
स्याङ्जाको बिरुवा गाउँपालिका १ बिरुवामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८ सय १० जनाले सेवा लिएका छन् । किचनास बिरुवा कास्की सम्पर्क समाजले बिहीबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा गरी ८ सय १० जनाले मुटुको इको र पीसीजी ल्याब परीक्षण गराएको समाजका सदस्य बद्रीप्रसाद वाग्लेले जानकारी दिए ।
विशेषज्ञ चिकित्सकको सेवाबाट वञ्चित स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको वाग्लेले बताए । शिविरमा मुख, तथा दन्त, नाक, कान, आँखा, घाँटी, स्त्री तथा प्रसूतिसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । यस्तै, जनरल स्वास्थ्य परीक्षण, छाला तथा यौन रोगसम्बन्धी, मुटु रोग, हड्डीसम्बन्धी जाँच तथा परामर्श गरिएको थियो ।
सुगर प्रेसरको पनि परीक्षण गरिएको आयोजक संस्थाले जनाएको छ । वरिष्ठ फिजिसियन पेट तथा कलेजो विशेषज्ञ प्रा. डा. युवराज शर्माको नेतृत्वमा १५ जना चिकित्सक सहभागी थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


