गौ संरक्षणका लागी वालिङमा महायज्ञ शुरु
वालिङ :
प्रतिनिधि सभा सांसद धनराज गुरुङले गौशालाको संरक्षणको लागी आयोजित महायज्ञ सबै मिलेर सफल पार्नुपर्ने बताउनुभएको छ । श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा आजबाट शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को उद्दघाटन गर्नुहुँदै सांसद गुरुङले यस्तो बताउनुभएको हो ।
गाईको धार्मिक महत्व संगै गाईबाट पाईने तत्वको वैज्ञानिक समेत महत्व रहेको भन्दै गाईको दिगो संरक्षणमा यो महायज्ञ महत्वपुर्ण रहेको सांसद गुरुङले बताउनुभयो । गाई राष्ट्रिय जनावरको रुपमा रहेपनि पछिल्लो समय आधुनिकता र बढ्दो शहरीकरणका कारण स्थानीय रुपमा गाई पालन गर्न छाडिएको भन्दै यो महायज्ञले नागरिकलाई गाईप्रतिको महत्व प्रवाह गर्ने बताउनुभयो । हिन्दु परम्परा अनुसार मृत्युलगायतका विभिन्न कार्यमा गाई नभई नहुँने भएपनि पछिल्लो समय गाईलाई बेवास्ता गर्न लागिएको उहाँको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु भोजराज अर्याल, सरस्वति अर्यालतिवारी, कल्पना तिवारी, महेश भटराई, पुर्व सांसद शंकर पाण्डे, वालिङ नगरप्रमुख कृष्ण खांण, गण्डकी प्रदेश निर्वतमान सांसद मोहन रेग्मीलगायतले बोल्नुभएको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक दिलिपप्रताप खांणको सभापतित्वमा सम्पन्न उद्दघाटन समारोहको संचालन पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
गाई संरक्षणका लागी आयोजित महायज्ञ फाल्गुन ७ गतेसम्म सञ्चालन हुनेछ । बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागी महायज्ञको आयोजना गरिएको हो ।
वालिङमा रहेका छाडा गाई व्यवस्थापनका लागी स्वार्गाश्रम गौशाला मार्फत गौ संरक्षण गरिएपनि अहिले उक्त स्थानमा प्रयाप्त गौचरनको अभाव हुँदा दिगो गौ संरक्षण गर्न समस्या भएपछि हाल काफलडाँडामा शिवालय फूलबारी गुठी गौशाला आश्रम मार्फत गौ संरक्षण तथा व्यवस्थापन गरिँदै आईएको छ । अहिले उक्त गौशालामा १२६ गाई रहेका छन् ।
महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहनुभएको छ । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु हुनेछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…