संसदमा अम्पायरको जस्तै भूमिका खेल्छु : सभामुख
स्याङ्जा :
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अम्पायरको अब्बल भुमिका गर्ने बताएका छन् । नेपालका राजनीतिकदललाई खेलाडीको संज्ञादिदै दलहरुले राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका हुन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालीगण्डकी अस्पतालको शिलन्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले संसदमा आफु अब्बल अम्पायरको भुमिका खेल्ने बताए । जसरी खेलाडीहरु अनुशासित तवरले खेल खेल्छन् सभामुख घिमिरेले भने,‘दलहरु पनि अनुशासित तवरले प्रस्तुत् हुनुपर्छ ।’ संसदको गरिमा सांसदले नै बढाउनु आवश्यक छ उनले भने ।
खेलाडीले उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिएर बिजयी बनाउन टिमको सहकार्य बलियो हुनुपर्छ उनले भने,‘संसदको गरिमा उच्च बनाउन सांसदको भुमिका रहनेगर्छ ।’ संविधानसभामा सांसदहरुले उठाएका सवालहरुको समाधानमा आफ्नो पहलकदमी हुने उनले बताए । खेलको जस्तै संसदलाई संज्ञा दिएका सभामुख घिमिरेले आफु अम्पायर हो मलाई सघाउनुहोस उनले भने । नागरिकले अनुभुती गर्नपाउने विकासको मोडालिटी बनाउनुपर्ने धारणा राख्दै सभामुख घिमिरेले स्वास्थ्य, शिक्षा, रोजगारलाई प्रथामिकता दिनुपर्ने बताए ।

२१ करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको १५ शैयाको कालीगण्डकी अस्पताल २०८१ कात्र्तिक मसान्त सम्म सम्पन्न गर्ने गरी आरएनसिएस विकोनजेभीले जिम्मेवारी पाएको छ । यो अस्पताल संचालनमा आएपछि स्याङ्जा लगायत गुल्मी, पर्वतका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । यसै बिच सभामुख घिमिरेले पालिकास्तरीय अध्यक्ष कप प्रतियोगिताको समेत ृद्घाटन गरेका छन् । ६ विद्याका १९ खेल संचालन भएको प्रतियोगितामा पहिलोपटक धेरै खेलकुद विद्या समेटीएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कालीगण्डकी २ लसर्घाले संरक्षण गरेको लोपोन्मुख जिउमा नृत्य प्रस्तुत् गरिएको थियो । पालिकाले निर्माण गरेको पालिकाको झण्डा र निशासन छाप डिजाइन गर्ने मदन भट्टराई र रितिजा श्रेष्ठलाई जनही ५०—५० हजार सहित सम्मान गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा कालीगण्डकीबाट प्रतिनिधित्व गरेर विभिन्न पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो । गाउँपालिकाले खेलकुदमा ठुलो लगानी गरेका कारण राष्ट्रिय तथा प्रादेशीक खेलकुदमा खेलाडीहरु समावेस हुने अवसर पाएका छन् । यसले युवा पुस्तामा खेलकुदमा आकर्षण बढेको छ ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


