रवि लामिछानेले भने- ‘जे गर्नु छ गरिहाल्नुस्, मेरो मौनता आज सम्म मात्र हो’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।
अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो।
तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।
उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


