लक्ष्मी माध्यमिक विद्यालयको ५९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

वालिङ, १९ माघ ।
वालिङ १३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय ५९ औँ बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसमा अक्षयकोषबाट पुरस्कार वितरण तथा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रर्दशन गरेका थिए । कार्यक्रम स्थानीय बयोबृद्ध ९० वर्षीय मनिरत्न गैह्रेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
समयमै कार्यक्रम शुरु गर्ने र भाषण भन्दा विद्यार्थीका प्रतिभाहरु तथा विद्यालयका गतिविधिलाई समय दिँदै निश्चित समयमै कार्यक्रम सम्पन्न गर्ने उद्देश्यले स्थानिय बयोबृद्धलाई कार्यक्रममा प्रमुख अतिथि बनाईएको विद्यालयले जनाएको छ । खादा माला रहित कार्यक्रममा अतिथिको स्थान ग्रहण र भाषणमै समय खेर जाने र सम्बन्धीत कार्यक्रमलाई समय अपुग हुने समयमै कार्यक्रम शुरु तथा अन्त्य गर्न नसकिने परिपार्टीको अन्त्य गर्न यसपटकको वार्शिकोत्सवमा केहि नयाँ गर्ने प्रयास गरिएको विद्यालयका प्रधानाध्यापक सीता गौडेल गैह्रेले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष नमलाल डुम्रेले भविष्यका कर्णधार मानिएका बिद्यार्थीहरुलाई उचित शिक्षा दिनु आजको आवश्यक्ता रहेको बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष ठगप्रसाद गैह्रे, छिमेकी विद्यालयहरुको प्रअहरुको तर्फबाट देविलाल गैह्रे, अभिभावक अर्जुन गैह्रे विद्यार्थी अन्जल गैह्रेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगदिश गैह्रे, प्रधानाध्यापक सिता गौडेल गैह्रेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमममा शिषक पारेश्वर गैह्रे, विद्यार्थी रमेश गैह्रे सहित शिक्षक तथा विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदिश गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत शिक्षक हेमप्रसाद गैह्रे र विद्यार्थी किरण सुनार र संचालन शिक्षक नेत्रप्रसाद गैह्रेले गर्नुभएको थियो ।


Facebook Comments Box
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…