गल्याङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

गल्याङ :
गल्याङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ् सम्पन्न भएको छ । सोमबार बाट सुरु भएको प्रतियोगिता बुधबार (आज) सम्पन्न भएको हो ।सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयहरुले प्रतियोगितामा सहभागीता  जनाएका थिए। फागुन १ गते देखी ३ गते सम्म संञ्चालन भएको खेलमा गल्याङ नगरपालिका भित्र रहेका विद्यार्थीहरुले भाग लिएका थिए । बुधबार सम्पम्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कास्य पदक सहित कुल १८ पदकका साथ पहलो भएको सार्वजनिक मा.बि. ले रनिङशिल्ड, प्रथमशिल्ड , ट्रफि र प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरी सात स्वर्ण, तीन रजत र चार कास्य पदक सहित कुल १४ पदकका साथ चिराग आवासीय मा.वि. दोश्रो हुँदा ट्रफि, शिल्ड र प्रमाणपत्र हात पार्न सफल भएको छ। पाँच स्वर्ण, दुई रजत र एक काश्य पदक सहित कुल ८ पदक जितेको गण्डकी मा.वि. तेश्रो हुँदै ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा चिराग आवासीय मा.वि. का छात्र तर्फ बाट दिज्ञान सिजांली उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रा तर्फ गण्डकी मा.वि. कि करुणा राना उत्कृष्ट खेलाडी बनेकी छन्। प्रतियोगितामा बज्रे भन्ज्यांग मा. वि.ले Fair Play Award प्राप्त गर्न सफल भएको छ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराइले नगद पुरस्कार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र वितरण गरेका हुन् । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराइले यस्ता बिबिध खेलहरुले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको बताए। साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने विद्यालय, विद्यार्थी, खेलाडी, प्रशिक्षक र अभिबावकहरु सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर-उपप्रमुख हेमा न्यौपानेको उपस्थिति रहँदा अतिथिहरुमा प्रशासकिय प्रमुख अधिकृत दामोदर शर्मा, ११ वटै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुख, नगर शिक्षा समितिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुख एवम कर्मचारीहरु, सामुदायिक तथा संस्थागत बिधालयका प्रधानाध्यापकहरु , सम्बन्धित खेलका रेफ्री तथा प्रशिक्षकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, समाजसेवी, शिक्षा तथा खेलकुद प्रेमी तथा सरोकारवालाहरु लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।  यस कार्यक्रम को अध्यक्षता नगर प्रमुख गुरु प्रसाद भट्टराई ले नै गरेका थिए।

Facebook Comments Box
TOP