शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा : नगर प्रमुख भट्टराई ।
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष शिक्षाको चेतना र स्वास्थ्य भएको बताउनु भएको छ । गल्याङ नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको नगर प्रमुख भट्टराईको भनाई छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे स्थित कालिका माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहमा बोल्दै भट्टराईले शिक्षा स्वास्थ्य जस्ता आधारभुत पक्षमा सबैको पहुँच हुनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतर्फी विकास निर्माण गर्न सक्ने बताउदै नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालवालिकाहरु शिक्षाको अबसरबाट बन्चि हुन नदिने उहाँको भनाई छ ।
आजको विद्यार्थी भोलिको भविष्य कता जाने भन्ने विषयले आफूलाई चिन्ता लागेको बताउदै अभिभावकले बेलैमा चासो दिएर अगाडि वढ्न आवश्यक भएको बताउदै आजको बालवालिकालाई सहि मार्गमा हिडाउन आवश्यक छ उहाँले भन्नुभयो ।

विद्यालयको भौतिक विकास निर्माण गरेर शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने र त्यस अभियानमा आफू र नगरको तर्फबाट पहल गर्ने उहाँको भनाई छ । अर्को एक प्रशंङ्गमा उहाँले भन्नु भयो कृषि र पशुपालका क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेकोर प्रदेश तथा संघ संग समन्वय गरेर विकास निर्माण अभियानमा अगाडि वढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्य,गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपाने, वडा नं३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई ,वडा नं.५ का वडाअध्यक्ष धनश्याम भट्टराई,वडा नं.१० का वडाअध्यक्ष मुक्ति प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष भुपराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपक चिन्तामणि न्यौपानेले शैक्षिक प्रगती प्रतिबेदन भौतिक अवस्था तथा १ करोड ३२ लाख बरावरको आयव्यार्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको सांङगितीक प्रस्तुती र विभिन्न विधामा प्रथम,दोस्रो,तेस्रो सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य चिन्तामणि न्यौपानेले र कार्यक्रमको सञ्चालन शिक्षक तोरणराज वस्यालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


