गल्याङ नगरपालिकाले २२१ जनालाई निशुल्क पढाउदै ।

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले नगर भित्रका २२१ जनालाई निशुल्क पढाउने भएको छ । गल्याङ नगरको एक बिशिस्ट एबम समाजवादको नमुना कार्यक्रमको रुपमा रहेको ‘बन्दैछ गल्याङ’ अभियान अन्तर्गत निशुल्क पढाउन लागिएको हो । कक्षा ११,१२ र क्याम्पस तहमा अध्ययन गर्ने २२१ जना बिद्यार्थीलाई पढाउनु लागेको हो ।
नगरपालिकाले आज एक कार्यक्रम आयोजना गरि बास्तवि अति गरिव असहायको पहिचान गरि निशुल्क अध्ययन गर्नकालागी पुर्ण छात्रवृत्ति प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले गरिव हुनु पिडादायी त छ नै गरिव हुदैमा शिक्षा बाट कोहि बन्चित हुन नहुने भनाई राख्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रो शैक्षिक रुपान्तरणका लागि यस किसिमका जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।’
समाजको समृद्धिका लागि शिक्षा क्षेत्रमा नगरपालिका जुनसुकै लगानीका लागि तयार रहेको प्रमुख भट्टराईको भनाई छ ।
नगर प्रमुखको पद बहाली गर्दा नै कक्षा ११ र १२ का विद्यार्थीहरु मध्ये २०% र क्याम्पसका विद्यार्थी मध्ये १०% छात्रवृत्ति घोषणा गरेको थिए प्रमुख भट्टराईले भन्नुभयो,‘यो कार्यक्रमले विद्यार्थीमा ठुलो प्रभाव पार्ने र यो नगरमा गुणस्तरीय बिद्यार्थी उत्पादन गर्न सहयोग पुग्ने छ ।’
कार्यक्रममा नगर उप प्रमुख हेमा न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा,नगर शिक्षा समिती सदस्य दर्वेन्द्रदेव खनाल,गल्याङ बहुमुखी क्याम्पसका प्रमुख सन्जिब पन्त,भानु मावि का प्रध्यानाध्यापक रामकान्त पाठक लगाएतले नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको क्रियाकलापले समाजको रुपान्तरणमा सहयोग पुग्ने बताए ।
गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव केदार राज आचार्य को स्वागत सङ्गै सुरु भएको कार्यक्रमको संचालन हिमाल भण्डारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…