सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता ।
काठमाण्डौ:
नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय भएको बताए । उनले भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामी विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ ।’
पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र उनले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको पौडेलले बताए । सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको उनको आरोप छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


