शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्ने सरोकारवालाको जोड

वालिङ :
स्याङ्जाको वालिङमा रहेको शसस्त्र प्रहरीको ३० नं.गुल्मलाई वालिङमा नै राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । गुल्मका लागि जग्गा प्राप्ती र व्यवस्थापनका सम्वन्धमा वालिङमा आयोजना गरिएको छलफल कार्यक्रमका सहभागिहरुले सुरक्षाको दृष्टिकोणले शसस्त्र प्रहरीको गुल्म वालिङमा अपरिहार्य रहेको बताएका हुन् ।
गुल्म वालिङ ८ घ्याङलिङमा विगत २२ वर्षदेखि अस्थाई रुपमा रहँदै आएको छ । शसस्त्र द्धन्दको समयमा वालिङमा शसस्त्र प्रहरीको क्याम्प राख्न शुरु गरिएको थियो । स्याङ्जा सदरमुकाममा भने नेपाली सेनाको गुल्म रहेको छ ।
प्रहरीको टोली विगत २२ वर्षदेखि पुर्णामृत भवानी माविको स्वामित्वमा रहेको जग्गामा बस्दै आएको छ ।
कार्यक्रमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती अर्याल तिवारीले शसस्त्र द्धन्दकालदेखि वालिङमा रहेको शसस्त्र प्रहरी बललाई सोही ठाँउमा राख्नुपर्नेमा जोड दिनुभयो । वालिङ बजारदेखि केहि माथि घ्याङलिङ डाँडामा रहेको शसस्त्र प्रहरीको म गुल्अन्य ठाँउ भन्दा उपयुक्त स्थान रहेको सांसद तिवारीको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य मोहन रेग्मीले वालिङमा बढिरहेको जनघनत्व तथा यहाँको दिर्घकालिन विकास र समृद्धिका लागी शसस्त्र गुल्म वालिङमै रहनुपर्ने बताउनुभयो ।
वालिङ नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपत्को समयमा पनि प्रहरीबाट निरन्तर सहयोग भइरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो सुरक्षाको लागि पनि ३० नं. गुल्म वालिङमा हुन जरुरी छ,त्यसैले तीन महिना भित्र जग्गा व्यवस्थापन गर्छाैं ।
शसस्त्र प्रहरीको आवश्यक्ता उच्च रहेको भन्दै वालिङका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले शसस्त्र प्रहरीको गुल्मका कारण वालिङ तथा आसपासका नागरिकले सुरक्षित महशुस गर्दै आएको बताउनु भयो । गुल्मलाई स्थायी रुपमा व्यवस्थापन गर्नका लागी सबै एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रेले नागरिकको सुरक्षाको लागि शसस्त्र प्रहरीले खेलेको भुमिका अतुलनीय रहेको बताउनु भयो । वालिङमा नै गुल्मलाई स्थायी रुपमा राख्नु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा वडा अध्यक्षहरु, पार्टीका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाहरुले शसस्त्र गुल्म वालिङमै राख्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा शसस्त्र गुल्मीका प्रहरी नायव उपरिक्षक राजनलाल श्रेष्ठले २०५८ मा बेस क्याम्पमा रहेको शसस्त्र फोर्स २०७५ सालबाट १६० जनाको दरबन्दीमा स्थायी शसस्त्र प्रहरी गुल्म नं. ३० मा सञ्चालित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थायी जग्गा नहुँदा भौतिक संचरना लगायतमा समस्या झेल्दै आएको बताउनुभयो ।’ जग्गा व्यवस्थापन हुन नसके गुल्म वालिङबाट अन्यत्र स्थानान्तरण हुन पनि सक्ने श्रेष्ठको भनाई छ ।
पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघिको कुनै पनि विद्यालय व्यवस्थापन समितिले शसस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निर्णय नगरेको प्रस्ट पार्नुभयो । यसअघि विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजिएको र २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले शसस्त्र प्रहरी बल रहेको जग्गा दिने निर्णय गरेको तर विद्यालयले स्वीकार नगरेको बताउनु भयो ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहित १ हजार ५० जनाले हस्ताक्षर गरी विद्यालयको जग्गा विद्यालयले नै प्रयोजनमा ल्याउनुपर्ने माग समेत गरेका थिए । उक्त विषयमा सर्वोच्च अदालतमा मुद्धा समेत परेको र आदालतले विद्यालयको स्वामित्वमा रहेको जग्गा विसुद्ध शैक्षिक प्रयोजनमा बाहेक अन्य प्रयोजनमा लगाउन नपाईने फैसला समेत गरेको विद्यालयका प्रधानाध्यापक अर्यालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…