प्रदेश सांसद पौडेलद्वारा आँधीखोला २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन
स्याङ्जा:
आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलद्वारा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
वडा कार्यालय भवन निर्माणका लागि रु १ करोड ८८ लाखको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु १ करोड ३९ लाख १२ हजार १ सय ३१ रुपैयाँमा श्री विवेक एण्ड कुवेर । श्री विद्यामोहन जे. भी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो । २०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठा सहित एउटा हल रहेको पालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।
“जनप्रतिनिधि केही समयका लागि हुन् ।व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो ।” पौडेलले बताउनुभयो।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभयो ।
गाउँपालिकाका अ सबईन्जिनियर सुन्दर पौडेलले संचालन गरेको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सिता थापाको विशेष आतिथ्यता र वडा नं २ का वडा अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षता रहेको थियो ।त्यसैगरी आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरू, वडा नं ६ का वडा अध्यक्ष नबिन ढकाल, गाउँकार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


