शिशु कल्याण माविको ४७औं वार्षिकोत्सव
मिलन विश्वकर्मा,
२६ पुस ।
शिशु कल्याण माध्यमिक विद्यालय गल्याङ नगरपालिका-४ ग्वादी स्याङ्जाको ४७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष ढाकाराम न्यौपानेले यस विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । जनजाति र दलित समुदायका अधिकांश विद्यार्थीले अध्ययन गर्छन् । उनीहरूका आभिभावक विपन्न छन् ।
इतिहास बोकेको यस विद्यालयलाई थप व्यवस्थित गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय हुनुपर्छ । अनि योजना बनाएर आएमा तीनै तहका सरकारबाट सहयोगका लागि आफूले सक्दो पहल गर्ने न्यौपानेले बताउनुभयो । शिक्षकलाई क्रियाशील अभिभावकले बनाउने हो । विद्यालयमा आएर आफ्नो बालबालिकाको पढाइबारे बुझ्ने र निगरानी गर्न उहाँले सुझाव दिनुभयो । विशिस्ट अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रकाश थापाले पठनपाठनलाई प्रभावकारी बनाएर यहाँ विद्यार्थीको संख्या बढाउनुपर्ने बताउनुभयो । अभिभावकले चासो राखेर शिक्षक र विद्यार्थीबीच छलफल गरेर वार्षिक योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
छोराछोरी पढाउनकै लागि घरनजिकैको विद्यालय छोडेर बजार नजान उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार मिलन विश्वकर्मा, समाजसेवी जयबहादुर थापा, शिक्षक प्रतिनिधि कमल भुसाल लगायतले शुभकामना दिनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविलाल लुइँटेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्माणाधीन विद्यालयको भवन पूर्णरूपमा सम्पन्न गर्न र तारबार गर्नसमेत सहयोग गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभयो । विद्यालयको थप प्रगतिका र उन्नयनका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच आवश्यक सहकार्य हुनुपर्ने लुइँटेलले बताउनुभयो ।
यस विद्यालयको हितमा काम गर्न सबैसँग अपिल गर्नुभयो । जेष्ठ अभिभावक नरमाया थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक इन्द्र अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लीलासिंह रानाले संचालन गर्नुभएको थियो । कार्यक्रमको बीच बीचमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका शिक्षिका सरस्वती विश्वकर्माले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


