सम्भावनाको ढोका खोल्ने माध्यम भनेको आफुँले आफुलाई नै विश्वास गर्नु हो: संघीय सांसद गुरुङ

वालिङ, १३ माघ ।

सम्भावनाको ढोका खोल्ने माध्यम भनेको आफुँले आफुलाई नै विश्वास गर्नु रहेको संघीय सांसद धनराज गुरुङले बताउनु भएको छ । आफुँले आफुलाई विश्वास गरियो भने सम्भावनाका ढोकाहरु आफै खुल्दै खुल्दै जाने उहाँको भनाइ रहेको छ ।

वालिङ १४ थुमपोखरा स्थित जनहित माध्यमिक विद्यालयको ५४ औं वार्शिकोत्सब समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । जब आफुलाई विश्वास गर्न सकियो भने हरेक काममा सफलता प्राप्त हुने भएकाले आफुँले आफुलाई विश्वास गर्नुमा ठुलो तागत र शक्ति लुकेको उहाँको भनाई छ ।

साथै उहाँले भविष्य बनाउने सुनौलो अवसर आज रहेको पनि बताउनु भएको छ । ‘उहाँले भन्नुभयो’ “आज तपाईंको लागि अवसर हो । भोलिको चाहाना पूरा गर्ने भविस्य बनाउने अवसर भनेको आज हो । त्यसैले म निवेदन गर्दछु, तपाईंले आज गुमाउनु भयो भने भोलिको दिनको पनि अवसर गुमाउनुहुनेछ ।” उहाँले हल्ला नगरी काम गर्न समेत आग्रह गर्नु भएको छ ।

काम गर्नको लागि हल्ला गर्नु आवश्यक नरहेको बताउदै शान्त भावमा काम गरेर मिलेको सफलताले आफै हल्ला फैलाउने कुरा उल्लेख गर्नु भएको छ । जब सफलता हुरी बनेर आउँछ तब टोल, गाउँ हुँदै समाज र राष्ट्रसम्म हल्ला मच्चाउने हुनाले शान्त भावमा आफ्ना काम गर्न आवश्यक रहेको उहाँकोे भनाई छ ।

गुरुङले आफू पनि सामान्य गाउँको स्कुलमा पढेको स्मरण गर्दै ‘उहाँले भन्नू’ “भयो घाँस काटेर गोबर फ्याकेर स्कुल जाने गर्थे । स्कुल बाट आएर कोदोको रोटि खाएर फेरि घाँस काटेर ल्याउने मान्छे मै हुं । त्यसैले मलाई लाज छैन । घाँस काट्ने गोबर फ्याक्ने यिनै हातले देशको संबिधान बनाएको हो । र यिनै हातले देश निर्माण गर्ने मुलुकलाई समुद्द बनाउने भनेर आएको थिए निर्वाचित बनाएर पठाउनु भएको छ ।” त्यसैले शान्त भएर मेहनत गर्ने हो भने सफलताले जताततै हल्ला फैलाउने बताउदै सफलताको सपना नदेख्ने तर सफलताको लागि काम गर्न आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीेको पहिलो शिक्षक आमाबुवा र पहिलो पाठशाला घर भएको भन्दै घरबाट नै उचित शिक्षा दिन आवश्यक रहेको कुरा उल्लेख गर्नुभएको छ । जब घरमा असल ज्ञान लिएर विद्यार्थी विद्यालयमा आउँछन त्यहाँ उसले आफ्नो अनुशासन साथै पढ्ने शैलि नै फरक देखाउने गर्छन । यसरी नै उ एउटा असल नागरिक कहलिने भएकाले पहिलो गुरु भएर गुणस्तरिय शिक्षा दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

Facebook Comments Box
TOP