रामपुर नगरपालिकाको १२ औं नगरसभा कार्यक्रम सम्पन्न ।
रमा भण्डारी,
पौष २१ :
रामपुर पाल्पा रामपुर नगरपालिकाको नगर सभा तथा १२औं अधिबेसन सम्पन्न भएको छ । आज बसेको अधिबेसनले आथिक वर्ष २०७९ /२०८० का स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले कुल बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हाल सम्म २७ करोड ४७ लाख ९५ हजार ६ सय प्राप्त भएको जानकारी दिदै हाल सम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताउनुभयो ।
नगर प्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले कार्यक्रमको उद्घाटन गर्नु भएको हो। नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले नगरको परिचय सहित अर्धबार्षिक प्रतिबेदन पढेर सुनाउनु भएको हो ।
नगर सभामा १० वटै वडाको ५ सय ५४ वटा योजना हरु मध्ये लागत अनुमान भएको १ सय ५८ र ५२ वटा योजना को नगरपालिकामा सम्झौता भएको भन्दै प्रतिबेदन सुनाउनु भएको छ । यस आथिक वर्षमा ५० वटा घर नक्सा बनेको प्रतिबेदनमा उल्लेख रहको छ । नगरसभामा नगरभित्रका विभिन्न शखाको प्रतिबेदन सुनाउनु भएको हो । नगरसभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ पारित गरेको छ । विपद व्यवस्थापन समितिका संयोजक दिल बहादुर रानाले पेश गर्नु भएको विद्येयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
रामपुर नगरपालिकाको नगर सभा आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै समापन गरिने छ। नगर प्रमुखको अध्यक्षतामा भएको नगरसभामा वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


