रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम
काठमाण्डाै :
रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।
यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।
सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।
लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


