रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम

काठमाण्डाै :
रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।
यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।
सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।
लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…