फेदीखोला दोस्रो कृषि मेला प्रर्दशनी सम्पन्न : १२ विधामा गरियो कृषकलाई पुरस्कृत ।

स्याङ्जा पुस २४ गते ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिका स्तरीय दोस्रो कृषि मेला प्रर्दशनी गरेको छ । “कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन” भन्ने नाराका साथ पालिकाको उत्पादनलाई बढाउने र बजारीकरण गर्ने अभियानका साथ मेलाको आयोजना गरेको हो ।
मेलामा एक सय ४८ कृषक, कृषक समुह र एकीकृत कृषि तथा पशुपन्छी फर्मको सहभागिता रहेको थियो जसमा उत्कृष्टताको आधारमा ६० जना कृषक तथा समूहलाई पुरस्कृत गरिएको छ ।
उत्पादनमा गुणस्तर, स्वस्थ बाली, उच्च मुल्यको बाली, बजारमुखी उत्पादन, उत्पादन क्षेत्रफल, पशुपंक्षी संख्या, फर्म व्यवस्थापन, उत्पादित बस्तुको आकार र व्यवस्थापन लगायतका आधारमा कृषक तथा समूहलाई पुरस्कृत गरिएको गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
मेलामा कार्यक्रममा कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलले कृषकका उत्पादनको अवस्थाको जानकारी लिदै गुणस्तरीय उत्पादन गर्न सकिने तरिकाका बारेमा कृषक तथा समूहलाई जानकारी गराउनु भएको थियो ।


प्रर्दशनीमा जरे तथा गाने बाली समुह, फूल तथा पाते समुह, फल समूहको तरकारीबाली, मसलाबाली समुह, लहरेबाली समुह, नगदेबाली समुह, फलफूल समुह, गँड्यौली मल, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समुह, गाइभैँसी समुह, पंक्षी समुह गरि १२ वटा विधामा छुट्टाछुटै प्रतिष्पर्धा गराईएको थियो ।
मेलामा बागबानी विकास अधिकृत सरोज अधिकारी, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रमेश विक र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुरुषोत्तम कोइराला लगायतको विज्ञ टोलीले स्थलगत फर्म तथा प्रर्दशनी स्टलको अनुगमन एवं मुल्यांकन गरेको थियो ।
कृषि मेला तथा प्रर्दशनी पालिकाका पाँच वटै वडाका कृषक, कृषक समूह तथा कृषि कर्म गरिरहेका उद्यमीहरुको सहभागिता रहेको थियो ।


एकीकृत कृषि तथा पशुपन्छी फर्म अन्र्तगत चारवटा विधा(एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समुह, गाइभैँसी समुह र पन्छी समुह)मा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना २ जनालाई ३÷३ हजारको दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
एकीकृत कृषि फर्म अन्र्तगत फेदीखोला–३ खड्केटारी पुलको मुखस्थित महालक्ष्मी कृषि तथा पशु फर्म प्रथम स्थान, फेदीखोला–२ मिरुडाँडास्थित पौडेल एकीकृत कृषि फर्म द्वितीय स्थान, फेदीखोला–२ कुँडुलेस्थित सुवेदी कृषि फर्म तृतीय स्थान, फेदीखोला–४ घर्तीस्वाँरास्थित घर्तीस्वारा कृषि फर्म र फेदीखोला–४ जोगीथोकस्थित लक्ष्मी एकीकृत कृषि फर्मले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
त्यसैगरि भेडा बाख्रा बंगुर समुह अन्र्तगत फेदीखोला–५ इलिचिस्थित शान्तिदिप मल्ट्रिप्रपोज एग्रो फर्म, फेदीखोला–२ देउरालीस्थित बस्नेत कृषि तथा पशुपंक्षी फर्म, फेदीखोला–२ रिसिङेस्थित घोताने बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यसैगरि उक्त समुहमा सान्त्वना पुरस्कार पाउनेमा फेदीखोला–३ साउथरस्थित चण्डीदेवी भेडा बाख्रा फर्म र फेदीखोला–४ गलेमस्थित राम्चेदेवी एकीकृत कृषि तथा पशुपालन फर्म रहेका छन् ।
गाइभैँसी समुह अन्र्तगत फेदीखोला–१ मट्टिखानस्थित जनविश्वास कृषि तथा बहुउद्देश्यीय फर्म प्रथम, फेदीखोला–४ बडाचौरस्थित गौरी गाइपालन तथा कृषि फर्म द्वितीय र फेदीखोला–४ ठूलाखेतस्थित प्रभात एकीकृत कृषि फर्म तृतीय भएका थिए । साथै फेदीखोला–१ रामकोटस्थित देउराली युवा कृषि तथा पशुपालन फर्म र फेदीखोला–२ पैरेस्थित फेदीखोला गाइभैँसी फर्मले सान्त्वना स्थान प्राप्त गरेका थिए ।


पंछी समुह अन्र्तगत फेदीखोला–३ आँपकोरुखस्थित रानाभाट पोल्टी फर्म, फेदीखोला–२ गाँडावास स्थित फेदीखोला एग्रो फर्म र फेदीखोला–४ गैरापट्टिस्थित दिपक पोल्ट्री फर्म क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए । उक्त समुह अन्र्तगत फेदीखोला–४ जोगीथोकस्थित खुसी एकीकृत कृषि फर्म र फेदीखोला–४ कोटदेउराली स्थित एस एण्ड एस पोल्टी एण्ड एग्रो फर्मले सान्त्वना पुरस्कार पाएका थिए ।
जरे तथा गानेबाली समुह अन्र्तगत फेदीखोला–२ फाँटकि अन्जना ढकाल प्रथम, फेदीखोला –२ नारायणघुम्तीका चन्द्रबहादुर गुरुङ द्वितीय, फेदीखोला–२ फाँटकि हरिकुमारी गौतम तृतीय भएका थिए । फेदीखोला–४ घर्तीस्वाँराका केशवराज पौडेल र फेदीखोला–२ फाँटकि शान्ति गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
फूल तथा पाते समुह अन्र्तगत फेदीखोला–४ का दुर्गादत्त पौडेल प्रथम, फेदीखोला–२ फाँटकि जुना बाँनिया द्वितीय, फेदीखोला–२ तल्लो कुँडुलेका लेखनाथ सुवेदी तृतीय भएका थिए भने फेदीखोला–५ बाँगेकि पार्वती कुमारी क्षेत्री र फेदीखोला–२ फाँटका गिरबहादुर खत्रीले सान्त्वना स्थान ओगट्न सफल भएका थिए ।
त्यसैगरि लहरेबाली समुह अन्र्तगत फेदीखोला–४ जैसीडाँडाकि संगिता हमाल प्रथम, फेदीखोला–२ कि अन्जना ढकाल द्वितीय र फेदीखोला–२ नारायणघुम्तिकि शान्ती गुरुङ तृतीय भएका थिए । फेदीखोला–४ जोगिथोकका दुर्गादत्त पौडेल र फेदीखोला–२ मिरुडाँडाकि तारादेवी पौडेलले उक्त समुह अन्र्तगत सान्त्वना पुरस्कार पाएका थिए ।


नगदेबाली समुह अन्र्तगत फेदीखोला–२ फाँटका ख्यामबहादुर खड्का, फेदीखोला ४ सुवेदीथोकका तोयनाथ सुवेदी, फेदीखोला २ फाँटकि मिलन सुवेदी क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यसैगरि फेदीखोल–४ जैसीडाँडाकि लक्ष्मी पौडेल र फेदीखोला–२ खड्केटारी राधिका कार्कीले सान्त्वना पुरस्कार पाएका थिए ।
फल समुहका तरकारी अन्र्तगत फेदीखोला ४ स्थित कोट देउराली युवा समुह प्रथम, फेदीखोला–४ कि पार्वती शर्मा द्वितीय, फेदीखोला–२ लामीश्वारास्थित परोपकार कृषक समुह तृतीय भएका थिए भने फेदीखोला–२ कि आइतिकुमारी गुरुङ र फेदीखोला–२ फाँटकि हरिकुमारी ढकालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
मसला बाली समुह अन्र्तगत फेदीखोला –३ मिरुडाँडा कि चन्द्रकला पौडेल प्रथम, मिरुडाँडाकै सिता शर्मा द्वितीय र फेदीखोला–१ मट्टिखानका विष्णुप्रसाद शर्माले तृतीय स्थान प्राप्त गरेका थिए । साथै फेदीखोला–२ कि विष्णुकुमारी गुरुङ र फेदीखोला ४ का कृष्ण पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
गँड्यौली मल समुह अन्र्तगत फेदीखोला २ स्थित परोपकार कृषक समुहलाई पुरस्कृत गरिएको थियो ।


आर्थिक विकास समिति संयोजक टेकमया गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष, गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, पाँचै वटाका वडाका वडाध्यक्षहरु, कार्यालयका कर्मचारी तथा गाउँपालिकावासी कृषकहरु लगायतको उल्लेख्य सहभागिता कार्यक्रममा रहेको थियो ।

Facebook Comments Box
TOP