कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त
काठमाण्डाै – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त हुनुभएकाे छ ।
माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई आज बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
माओवादी पोलिटब्युराे सदस्य शर्मा गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएकाे हाे ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


