बिपन्न परिवारलाई न्यानो कपडा वितरण ।

स्याङ्जा, पुस २० गते ।
जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । ३० घर अति बिपन्न परिवारका लागि एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो ।
न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो ।
समाजसेवी टुकराज अर्यालज्युको बिशेश पहलमा स्याङ्जा सहयोग समाज अर्जुनचौपारि इकाई कमिटी दोहाकतार तथा अर्जुनचौपारि गाउँपालिकाको बिशेष सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।


कार्यक्रममा अर्जुनचौपारि गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ,अर्जुनचौपारि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत,स्याङ्जा सहयोग समाज अर्जुनचौपारी इकाई कमिटी दोहाकतारका कोषाध्यक्ष रेशम नेपाली,वडा नं.१ का वडा अध्यक्ष रण बहादुर थापा,२ न.वडाका अध्यक्ष धन बहादुर गुरुङ ,३ न.वडाका अध्यक्ष ,शोभकान्ता काफ्ले , वडा न.४ का अध्यक्ष भुवनसिङ गुरुङ ५ न.वडाका अध्यक्ष बद्री पौडेल ,६ न.वडाका अध्यक्ष नारायण ढकाल लगायतले दलित उत्थान केन्द्रले गरेको कार्यक्रमको सफलताको कामना गर्दै आफुहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।

Facebook Comments Box
TOP