गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत ।
पोखरा:
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
आज विश्वासको मतका लागि भएको मतदानमा ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराजलाई ३१ जना सांसदले मत दिए।
प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन्। प्रदेश सभामा २७ कांग्रेसका सांसद र एक स्वतन्त्र सांसद गरी २८ जना प्रतिपक्षमा बसेका छन्।
प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए ।
नेकपा (एमाले) गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका अधिकारी गत सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


