गल्याङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले प्रबाह गर्ने सेवा सुविधाका विषयमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९।८० को प्रथम चौमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गल्याङ नगरपालिकाको विकासका लागि बसपार्क निर्माण,तथा खेलकुदका लागि खेलमैदान निर्माण गर्ने,समृद्व नगर निर्माण गर्ने, बादको समस्या समाधानमा लाग्ने, एक घर एक धारा अभियानमा सक्रिय भई लागेको, स्वास्थ्य विमा संगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, स्थानीय सञ्चारमाध्यमलाई अनुदान जस्ता कार्यमा आफूले ध्यान दिएका बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपानेले गल्याङ नगरपालिकाको सेवालाई सेवाग्राहीहरुको हितमा गर्ने पक्षमा सबैको साथ र सहयोग आवश्यक रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिका भित्र रहेका विभिन्न खाले समस्याहरुलाई यथार्थ रुपमा बाहिर ल्याएर समृद्व नगरपालिका बनाउने अभियानमा टेवा पु¥याउन आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि चन्द्र बहादुर राना, नेकपा एमालेका नगर अध्यक्ष दान बहादुर थापा, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चित्र बहादुर राना, राप्रपाका पार्टी प्रतिनिधि कमलप्रसाद डुम्रे , स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ,गल्याङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इन्द्र प्रसाद अधिकारी, गल्याङ च्याम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई, गल्याङ सञ्चार प्रा.लि.का अध्यक्ष सूर्य प्रसाद चापागाई, सुब्दार चन्द्र बहादुर रखाली मगर, केशवराज न्यौपाने, कुल बहादुर थापा, दिपक राना, राजु राना,रमा भण्डारी,केपी खनाल,नारायण विश्वकर्मा, गीता भट्टराई उदय भण्डारी लागयतले नगरका योजना तथा सेवा प्रवाहका विषयमा जिज्ञासा राखेका थिए ।
बक्ताहरुले कार्यक्रमको प्रभावकारीता,कृषि उत्पादन, किताकाट, बन्यजन्तुको संरक्षण,यातायात खानेपानी तथा सरसफाई ,बजार व्यवस्थापन, सञ्चार तथा बाटोघाटो कृषि बजारीकरण, धर्म संस्कार, नगरपालिकाको पहिचान, राजस्व संकलन जस्ता विषयमा बक्ताहरुले गुनासो गर्नु भएको थियो ।
सार्वजनिक सुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ नगर प्रमुख गुरु प्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मालले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबन्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रधानमन्त्री रोजगार शाखाका उपसंयोजक खगेन्द्र प्रसाद भण्डारीले आन्तरिक तथा बहिर सर्बेक्षणको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
नगरप्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP