अर्जुनचौपारी गाउपालिकाद्धारा सिउरोखोला र दरौंखोलामा २० हजार माछाका भुरा छाडियो

वालिङ, २६ पौष :
अर्जुनचौपारी गाउपालिकाले सिउरोखोला र दरौंखोलामा २० हजार माछाका भुरा छाडेको छ । कालीगण्डकी ए जलबिद्युत केन्दकोे सहयोग तथा अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा ति खोलामा माछाका भुरा छाडिएको हो । बाम, गर्दी, हाडे र सहर जातका माछाका भुरा रहेका छन् । ती
खोलाका बिभिन्न १० ठाउमा माछाका भुरा छाडिएका हुन ।
पर्यावरण संरक्षण तथा आयआर्जनका लागि भन्दै भुरा छाडिएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । पालिकाले गतबर्ष पनि यी खोलामा भुरा छाडिएको जनाएको छ । फागुन र असारमा गरि २ पटक छाडेपछि नतिजा राम्रो देखिएकाले यसबर्ष पनि निरन्तरता दिइएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रशासकिय अधिकृत उज्ज्वल बस्नेत लगायतले खोलामा भुरा छाड्नु भएको थियो । File-Pic
Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP