अर्जुनचौपारी गाउपालिकाद्धारा सिउरोखोला र दरौंखोलामा २० हजार माछाका भुरा छाडियो

वालिङ, २६ पौष :
अर्जुनचौपारी गाउपालिकाले सिउरोखोला र दरौंखोलामा २० हजार माछाका भुरा छाडेको छ । कालीगण्डकी ए जलबिद्युत केन्दकोे सहयोग तथा अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा ति खोलामा माछाका भुरा छाडिएको हो । बाम, गर्दी, हाडे र सहर जातका माछाका भुरा रहेका छन् । ती
खोलाका बिभिन्न १० ठाउमा माछाका भुरा छाडिएका हुन ।
पर्यावरण संरक्षण तथा आयआर्जनका लागि भन्दै भुरा छाडिएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । पालिकाले गतबर्ष पनि यी खोलामा भुरा छाडिएको जनाएको छ । फागुन र असारमा गरि २ पटक छाडेपछि नतिजा राम्रो देखिएकाले यसबर्ष पनि निरन्तरता दिइएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रशासकिय अधिकृत उज्ज्वल बस्नेत लगायतले खोलामा भुरा छाड्नु भएको थियो । File-Pic
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…