समाजको सबै भन्दा महत्वपुर्ण पक्ष शिक्षा हो : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षामा गुणस्तरीयता कायम गर्न सबैले आआफ्नोे ठाउँबाट काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“चेतनशिल,सभ्य र विकसित समाज निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ ।”
आईतबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ लल्याङ स्थित ज्ञान ज्योति आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार,न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो हाम्रो समाज तीन प्रकारको रहेको र उच्च, मध्यम र न्यून हाम्रो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी भोकै पो आएको छ की विद्यार्थीहरुले कापि कलम किन्न नपाएका कारणले शिक्षण सिकाईमा कतै समस्या पो भएको छ की ? भन्ने जस्ता क्षेत्रमा तमाम समस्याका बिचबाट माथी उठेर समाजलाई सहि मार्गमा अगाडि वढाउनु पर्ने अबस्था हाम्रो सामु रहेको कुरा नगर प्रमुख भट्टराई बताउनु भयो ।

उहाँले भन्नु भयो सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्वि गर्नका लागि गल्याङ नगरपालिकाले शिक्षक विद्यार्थीहरुका लागि नयाँ नयाँ कार्य र योजनाका साथ अगाडि बढेको कुरा बताउनु भयो
कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्य,गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपाल प्रसाद भट्टराई सञ्चारकर्मी टिकाराम अधिकारी, नेल्टा केन्द्रीय उपाध्यक्ष छविलाल भट्टराई, सञ्चालक समिति सदस्य नेत्रलाल अर्याल, अक्षयकोषदाता भागीरथ न्यौपाने,अभिभावक गोमा पाण्डे, विद्यार्थीहरु प्रमिस अधिकारी, करुण न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयमा ७५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो भने विद्यालयका प्रअ सरस्वती भट्टराईले ३७ लाख ३२ हजार ६ सय ८ रुपैयाँ बरावरको आयव्यार्य प्रस्तुत गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका नमकला भट्टराईले र कार्यक्रमको सञ्चालन शिक्षिका राधा भट्टराईले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


