गण्डकी-कांग्रेस संसदीय दलको नेतामा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र पाण्डे विजयी ।
पोखरा:
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउँदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गरेका छन् । अर्यालले भने ८ मत प्राप्त गरेका थिए ।
प्रदेशसभा सदस्य कल्पना तिवारीका अनुसार एक मत बदर भएको थियो । लामो समयसम्म चलेको छलफलमा सर्वसम्मत नेता चयनमा सहमति नजुटेपछि बुधबार दिउँसो १ देखि २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । दुवै जनाले मनोनयन फिर्ता लिन मानेनन् । त्यसपछि ३ देखि ४ बजेसम्म मतदान गरिएको निर्वाचन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए । पाण्डे संस्थापन पक्षका हुन् भने अर्याल इतर पक्षका हुन् ।
पाण्डेलाई विन्दुकुमार थापाको प्रस्ताव र टकराज गुरुङको समर्थन थियो । अर्याललाई महेन्द्रध्वज जिसी प्रस्तावक र पार्वती तामाङ समर्थक बसेका थिए । गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ । यिनीहरुले माओवादी केन्द्रको समर्थनमा चुनाव जितेका थिए । चुनावसम्मको पाँच दलीय गठबन्धन टुटेपछि कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहने भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


