साथीभाइ सहकारीको चौथो बार्षिक साधारसभा तथा दोस्रो अधिवेशन सम्पन्न ।
वालिङ :
स्याङ्जाको वालिङमा रहेको साथीभाइ बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सिंगो राष्ट्रमा आर्थिक संकट भएकाले सबै व्यशायी मिलेर काम गर्नु पर्ने बेला आएको बताउनु भयो । वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाले लगानीकर्ता लाई चर्को ब्याज को मारामा पारेकाले ठूला व्यवशायी खुम्चिएका र साना व्यवसायी सुक्दै गएको बताउनु भयो । सरकारको ध्यान समयमा नै जानु पर्ने भन्दै पौडेलले भन्नु भयो, ‘तत्काल सम्बोधन नगर्ने हो भने भयावह को अवस्था आउन सक्छ ।’
कार्यक्रममा वालिङ नगरपालिका वार्ड नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले सानो सानो पूँजी निर्माण गर्दै कृषि क्षेत्र र उद्योग कारखानामा राम्रो लगानी हुन सके मात्रै समग्र देशको अर्थतन्त्र राम्रो हुन सक्ने बताउनु भयो ।
कार्यक्रममा फूलबारी बचतका कोषाध्यक्ष चोपनारायण श्रेष्ठ लगायतलले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष माधव अर्यालको सभापतित्व, राजेन्द्र अधिकारीको स्वागत र भरत बगालेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच अधिवेशनले माधव अर्याल को अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको सहमतीका आधारमा चयन गरेको छ ।

समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


