प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको पनि उपस्थिति थियो ।

प्रचण्ड आज दौरासुरुवालमा ठटिएर शीतल निवास पुग्नुभएको थियो । प्रचण्डले पहिलो पटक दौरासुरुवाल लगाउनुभएको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP