गल्याङलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउँछौं : नगर प्रमुख भट्टराई

टिकाराम अधिकारी/गल्याङ :
कृषि र पशुपालनका लागि गल्याङ नगरलाई अनुसन्धान तथा हबका रुपमा विकास गर्ने अभियानका साथ आफू लागि परेको कृषि र पशुपालनले नै मुलुक समृद्व बन्ने भएकाले गल्याङ नगरपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिक्तामा रोखेर अगाडि बढेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.२ बटुवा स्थित बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो गल्याङ नगरपालिकाले प्रतिलिटर दुधमा १५ रुपैयाँ अनुदान दिएको र पशुपालनका लागि विभिन्न अनुदानमा सामग्री कृषिमा विऊ विजन तथा कृषि औजारमा समेत अनुदान प्रदान गर्ने गरेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो कृषि पेसालाई सम्मान गर्दै कृषि कर्ममा लाग्ने कृषकलाई परम्परागत कृषि प्रणाली भन्दा पनि व्यवसायीक र आधुनिकी करणमा अगाडि बढ्न आग्रह गर्दै त्यस अभियानमा आफू र नगरको तर्फबाट साथ सहयोग रहने कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण तथा अनुदान प्रदान गर्ने पक्षमा आफू रहेको र उन्नत जातका घास तथा भकारो सुधार विमा जस्ता विषयमा नगरपालिकाले साथ दिने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.२ का वडाअध्यक्ष खर्ग बहादुर थापा(अशोक), गल्याङ नगरपालिका पशु सेवा शाखाका प्रमुख शुशिल अर्याल,नेल्टा केन्द्रीय उपाध्यक्ष छविलाल भट्टराई लगायतले शुभकामना मन्तव्य तथा पशुपालनका विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भीम प्रसाद भण्डारीले अध्यक्षको प्रतिबेदन र संस्थाका आर्थिक प्रतिबेदन लेखा समिति संयोजक हिमलाल भण्डारीले ७६ लाख बरावरको प्रस्तुत गर्नु भएको थियो । सहकारीमा ८७ सत्तासी जना शेयर सदस्यहरु हुनुहुन्छ ।
बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष भीम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य छविलाल भण्डारीले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…